हनी ट्रयापमा पारेर लाखौं ठगी गर्ने ४ पक्राउ

काठमाडाैं | साउन १९, २०८०

हनी ट्रयापमा पारेर लाखौं ठगी गर्ने ४ पक्राउ

काठमाडौं:   हनी ट्रयाप पारी लाखौं ठगी गरिसकेको अवस्थामा एक गिरोह समातिएका छन् ।

 

जिल्ला प्रहरी परिसर ललितपुरले एक युवतीसहित ४ जनालाई नियन्त्रण लिएको हो। जसमा झापा बिर्तामोड नगरपालिका ९ घरभइ काठमाडौं बानेश्वर बस्ने २४ वर्षकी अनिता मगर भनेर चिनिने सिया मगर रहेकी छन्।

 

उनले बिवाहित केटाहरुसँग सामाजिक सञ्जालमा जोडिएर सम्बन्धमा बस्ने सम्मको कुरा गर्ने गरेकी थिइन्। त्यसपछि गिरोह लगाएर पैसाको माग गर्ने गरेकी प्रहरीले जनाएको छ।

 

गिरोहले पीडितहरुलाई फेसबुकमा अनिता मगरको नामबाट साथी बनाउने गरेका थिए। त्यसपछि मेसेन्जरबाट कुराकानी गर्ने र सियाले पिडितहरुलाई विभिन्न स्थान तथा होटलमा जानको लागि अनुरोध गर्ने गरेकी प्रहरीले जनाएको छ।

 

होटलमा सामान्य कुराकानी गरी विभिन्न बाहानामा बाहिर निस्कने र सियाले आफुहरुको सम्बन्ध आफ्नो दाजु भाउजुले थाहा पाएको भन्दै उनीहरुले भने अनुसार नै गर्न अह्राउने गरेकी अनुसन्धानबाट खुलेको छ। त्यसलगत्तै गिरोहका अन्य सदस्यले पीडितहरुलाई कल तथा म्यासेज गरी धाकधम्की दिने, रकम माग गर्ने तथा ब्याल्यकमेलिङ गर्ने गरेपछि उनीहरुले प्रहरीमा उजुरी दिएका थिए।

 

सिया मगरलाई पत्रकारको भुमिका खेली पैसाको डिमाण्ड गर्न सिन्धुपाल्चोक बलेफी गा.पा. ४ मान्खा घर भई बानेश्वर बस्ने दिपक पराजुलीले सहयोग गरेका थिए। गिरोहमा पक्राउ परेका उनी पेशाले गाडी चालक हुन्।

 

उनले पिडितहरुलाई भने आफु गृह मन्त्रालयको प्रेस सल्लाहकार बताउने गरेका प्रहरीले बताएको छ। पराजुलीले पीडितको सम्पुर्ण विवरण रेकर्ड राखी पैसाको माग गरी पत्रकार हुँ भन्दै तर्साउने भुमिका खेलेका थिए।

गिरोहमा म्यासेज र भेट गरी ब्याल्यकमेलिङ गर्ने भुमिका राइडरले खेलेका थिए।

 

पेशाले राइठ सेयरिङ गर्ने बलेफीकै २७ वर्षका विमल सुवेदीले धाक धम्की दिएर पैसा माग गर्ने गरेका प्रहरीले जनाएको छ।

 

सोही पेशामा लागेका सिन्धुपाल्चोक सुनकोशी गा।पा। ७ घरभइ भक्तपुर जिल्ला सानोठिमी बस्ने २४ वर्षका सरोज तिमल्सेनाले भने भेट गर्न बोलाएका बेला निगरानी गरेर डर त्रास देखाउने गरेका ललितपुर प्रहरीले जनाएको छ।

 

गिरोहविरुद्धको उजुरीमाथि अनुसन्धानका क्रममा ३ लाखको चेक लिइसकेको अवस्थामा काठमाडौं बालकुमारीस्थित द बर्गर हाउस एण्ड क्रन्चि फ्राइड चिकनबाट बुधबार पक्राउगरी प्रहरीले बिहीबार सार्वजनिक गरेको हो।

 

उनीहरुको साथबाट धाकधम्की दिन प्रयोग गरिएको मोबाइलको सीमकार्ड, पिडितले दिएको चेकसहित अन्य प्रमाणहरुसमेत बरामद गरेको छ।

 

उक्त गिरोहले अर्का एक जना पीडितबाट समेत २०८० असार २८ गते ३ लाख २५ हजार रुपैंया लिएको पाइएको ललितपुर प्रहरीले जनाएको छ।

 

उनीहरुविरुद्ध दुइ जना पिडितहरुले आपराधिक लाभको कसुरमा जाहेरी दिएका छन्। उनीहरुमाथि अनुसन्धानका लागि जिल्ला अदालतबाट ५ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्